एन्फिल्ड । इङलिश क्लव लिभरपुलका खेलाडी बेन्जामिन उडबर्न सबैभन्दा कम उमेरमा गोल गर्ने पहिलो लिभरपुलका खेलाडी बनेका छन् । लिभरपुलको घरेलु मैदानमा एन्फिल्डमा मंगलबार राति भएको इङलिश लिग कप फुटबलको खेलमा लिड्स युनाइटेडविरुद्ध गोल गर्दै उडबर्नले सो कीर्तिमान रचेका हुन् ।
१७ वर्ष ४५ दिनमा गोल गर्दै उडबर्नले माइकल ओवेनको कीर्तिमान तोडेका हुन् । गत शनिबारमात्र उडबर्नले लिभरपुलका लागि डेब्यु गरेका थिए ।
उडबर्नकै गोलको माध्यमबाट लिभरपुल इएफएल कपको सेमिफाइनलमा पुगेको छ । लिभरपुलले लिड्स युनाइटेडलाई २–० ले हरायो ।
लिभरपुलका लागि डिभोक ओरिजीले पहिलो गोल गरेका थिए ।
यता, हल सिटी पनि सेमिफाइनलमा पुगेको छ । हलसिटीले न्यूकासल युनाइटेडलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै सेमिफाइनलमा ठाउँ बनाएको हो ।