arrow

यसरी भयो बालेन, रवि र हर्कहरूको उदय - झक्कु सुवेदी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
jhakku-subedi-02-29.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले जनता पुराना पार्टीसँग रिसाएर नयाँ राजनीतिक दल आएको भन्ने कुरा सत्य नभएको बताएका छन् । मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले तथ्यलाई अहिले हल्लाले छोपेको बताए ।

उनले पुराना पार्टीप्रतिको निराशाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको उदय भएको नभई नयाँ संविधानले उनीहरूलाई जन्माएको बताए । 

उनले शिर उठाउने गणतन्त्र र समानुपातिक निर्वाचन प्रणालीले लामिछाने, बालेन र हर्कहरूलाई निर्वाचित गरेको बताए ।

उनले भने, ‘कसैले के भन्छन् भने नयाँ पार्टी आए । किन नयाँ पार्टी आए रे भने जनता पुराना पार्टीसँग रिसाएर नयाँ पार्टी आयो रे । तर मलाई त्यस्तो लाग्दैन । हामी समस्या आइसकेपछि समाधान खोज्नेतिर जानुपर्छ । तथ्यलाई अहिले हल्लाले छोपेको छ । तथ्यले के भन्छ भने बालेन आए, हर्क आए, रविहरू आए । तर उनीहरूले भोट पाए, चुनाव जिते पुराना पार्टीहरूसँगको निराशाले होइन । बालेन, हर्क र रविहरू नयाँ संविधानले जन्माएका हुन् । यदि यो संविधान हाम्रो त्यति ठुलो बलिदानबाट, कुवार्नीबाट आउँदैन थियो भने रवि, बालेन र हर्कहरूको यहाँ उपस्थिति देखिँदैन थियो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ