arrow

सरकारले बजेट विनियोजनमा व्यापक दुरुपयोग गरेको छ - डा. महत [भिडियो]

अर्थमन्त्रीले एनसेललाई केन्द्रित गरेर निहित उद्देश्यले आर्थिक विधेयकको धारा ५७ मा छुट दिने व्यवस्था गरे

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३० बुधबार
prakashsharan-mahat-.jpg

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको तीन महिना र बजेटले मुलुकको अर्थतन्त्र गलत दिशामा ल्याउने काम गरेको बताएका छन् । उनले वर्तमान सरकारको तीन महिनामा नेपाली जनता र मुलुकको अर्थतन्त्रमा निराशा थप्ने काम मात्रै गरेको आरोप लगाए । 

उनले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई निराशा जनक अवस्थामा पुर्‍याउने र आफू अनकुलका व्यक्ति र आयोजनामा खर्च गर्ने काम गरेको बताए । उनले बजेट र सरकारको क्रियाकलापले अर्थतन्त्रलाई गलत दिशामा लैजाने खतरा देखिएको उल्लेख गरे । उनले सरकारले बजेटमा ३ करोड भन्दा तलका योजना नराख्ने प्रतिबद्धता तोडेको बताए । 

उनले बजेटमा मन्त्रालयमा राखिएको बजेट आफू अनकुलका मान्छेहरूबाट सञ्चालित संस्थाहरू अनगिन्ती रूपमा संस्कृति मन्त्रालय,सहरी विकास मन्त्रालयबाट साना योजनामा रकम छरिएको धारणा राखे । उनले संसद्मा भइरहेको मन्त्रालयगत छलफलले बजेटमा थप निराशा गराएको बताए । उनले सरकारले बजेट विनियोजनमा व्यापक दुरुपयोग गरेको उल्लेख गरे । उनले अर्थमन्त्रीले आर्थिक विधेयकमा एनसेललाई केन्द्रित गरेर निहित उद्देश्यका साथ धारा ५७ अन्तर्गतमा छुट दिने व्यवस्था गरेको बताए ।

उनले भने,‘पहिला देखि भन्दै आएको छु । सरकारको लगानी ठिक ठाउँमा गएको छैन । त्यसले गर्दा परिणाम आइरहेको छैन । आर्थिक वृद्धि भइरहेको छैन । सङ्घ संस्थालाई पैसा नदिने भनेका थियौँ । अहिले सङ्घसंस्था र आफू अनकुलका मान्छेहरूबाट सञ्चालित संस्थाहरू अनगिन्ती रूपमा संस्कृति मन्त्रालय,सहरी विकास मन्त्रालयबाट साना योजनामा रकम छरिएको छ । ३ करोड भन्दा तल बजेटका योजना नराख्ने कुरा अर्थमन्त्रीले तोड्नु भयो । अहिले जति मन्त्रालयगत छलफल चलिरहेको छ । उति ज्यादा बजेटले निराशा गराएको छ । पूर्वाहपूर्ण र बेथितिलाई प्रोत्साहन गर्ने र प्राथमिकता भए पनि नभए पनि आफ्नाले भनेको ठाउँमा बजेट विनियोजन गरी वितरण गर्ने गरी बजेट विनियोजन भएको छ । सरकारले बजेट विनियोजनमा व्यापक दुरुपयोग गरेको छ । बजेटले आफू अनकुलको बजेट भएन भन्न बाहेक अरू केही रहेनछ । आर्थिक विधेयकमा एनसेललाई केन्द्रित गरेर एउटा उद्देश्यका साथ धारा ५७ अन्तर्गतमा छुट दिएका कुराहरू आइरहेका छन् । बजेट र सरकारको तीन महिना कार्यकाल समग्रमा नेपाली जनतालाई थप निराश बनाउने,अर्थतन्त्रलाई निराशा जनक अवस्थामा पुर्‍याउने र आफू अनकुलका व्यक्ति र आयोजनामा खर्च गर्ने निषर्क हो । बजेट र सरकारको क्रियाकलापले अर्थतन्त्रलाई गलत दिशामा लैजाने देखिइएको छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ