arrow

अदालतको आदेश विपरीत बालेनले दुःख दिएको भन्दै सडकमा उत्रे कबाड व्यवसायी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २ आइतबार
kawadi-protests-81-3-2-(17).jpg

काठमाडौँ । अदालतको आदेश विपरीत काठमाडौँ महानगरपालिकाले कबाड व्यवसायीमाथि गरेको तोडफोडको विरुद्धमा शान्ति सुरक्षा एवं क्षतिपूर्तिको माग गर्दै काठमाडौँमा आइतबार कबाड व्यवसायीले प्रदर्शन गरका छन् । 

माइतीघरमण्डलाबाट शुरु भएको र्याली नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । सयौँको सहभागितामा निकालिएको सो र्यालीमा सहभागीहरुले काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) विरुद्धमा चर्को नाराबाजीसमेत गरेका छन् । 

 ‘हामी यहाँ छौँ, बालेन तिमी कहाँ छौं’, ‘कबाड व्यवसायीलाई सुरक्षा दे’ लगायतका नारा उनीहरुले लगाएका छन् । यस्तै प्रदर्शनमा ‘छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानूनी शासन लागू गर, अदालतको निर्णयको सम्मान गर’ जस्ता नाराहरु आन्दोलनकारीले लगाएका छन् । 

काठमाडौँ महानगरपालिकाले अदालतको आदेश विपरीत तोडफोडमा उत्रिएपछि कवाड व्यवसायी संघर्ष समितिले काठमाडौँ उपत्यकाभित्र कबाड व्यवसायीहरुको सुरक्षा, समृद्धि र सम्मानका लागि बाध्य भएर आन्दोलनमा उत्रिएको कबाड व्यवसायीका नेता संजय साहले जनाएका छन् । 

पछिल्लो समय बालेनले कानून तथा अदालतको अन्तरिम आदेश विपरीत दुःख दिन थालेपछि आन्दोलनमा उत्रिन बाध्य भएको साहले बताए । 

आफूहरुको माग सम्बोधन नभए माइतीघरमा धर्ना एवं प्रदर्शन मात्रै नभई कबाड व्यवसायीहरुले ४ असारमा काठमाडौँ महानगरपालिकासमेत घेराउ गर्ने जनाएका छन् ।
 

kawadi-protests-81-3-2 (1).jpg
kawadi-protests-81-3-2 (2).jpg
kawadi-protests-81-3-2 (3).jpg
kawadi-protests-81-3-2 (4).jpg
kawadi-protests-81-3-2 (5).jpg
kawadi-protests-81-3-2 (6).jpg
kawadi-protests-81-3-2 (7).jpg
kawadi-protests-81-3-2 (8).jpg
kawadi-protests-81-3-2 (9).jpg
kawadi-protests-81-3-2 (10).jpg
kawadi-protests-81-3-2 (11).jpg
kawadi-protests-81-3-2 (12).jpg
kawadi-protests-81-3-2 (13).jpg
kawadi-protests-81-3-2 (14).jpg
kawadi-protests-81-3-2 (15).jpg
kawadi-protests-81-3-2 (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ