arrow

चीन-अमेरिका सम्बन्ध १९७२ भन्दा अगाडिको जस्तै बन्ने चिन्ता

ट्रम्प–ताइवान राष्ट्रपति त्साई टेलिफोन वार्ता

logo
प्रकाशित २०७३ मंसिर १८ शनिबार
Trump_Tsai.jpeg
काठमाडौ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र ताइवानका राष्ट्रपति त्साई इङ वेनबीच टेलिफोन वार्ता भएको रहस्य खुलेको छ । ताईवानको एक अनलाईन ताईपाई टाईम्सले बिहीबार दुई राष्ट्रपतिबीच भेटवार्ता भएको दाबी गरेको हो । जुन वार्ता ताईवानका राष्ट्रपतिसँग १९७९ पछि पहिलो पटक भएको बताईएको छ । 
 
वार्तामा त्साईले राष्ट्रपतिमा विजयी बनेकोमा ट्रम्पलाई बधाई दिँदै अमेरिका ताईवानबीचको सम्बन्ध पहिले जस्तै प्रगाढ हुने विश्वास व्यक्त गरेकी थिईन् । ताइवानी विज्ञहरुले भने यो वार्ताले अमेरिकाले ताईवानको अर्थतन्त्र, राजनीति र क्षेत्रीय सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेका छन् । 
 
ताइवानलाई चीनले आफ्नो स्वशासित क्षेत्रको रुपमा मान्दै आएको छ । यसविरुद्ध नबोल्नको लागि चीनले पटकपटक विश्व शक्तिराष्ट्र लगायत सम्पूर्ण मुलुकसँग आग्रह गर्दै आएको छ । यसै विषयमा ताईवान र तिब्बत लगायतलाई स्वतन्त्र बनाउने विषयमा लबिईङ नगर्ने भनेर तत्कालीन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सोनले चीन भ्रमण गरी सो विषयमा सहमति र ऐक्यवद्धता जनाएका थिए । 
 
उनले सन् १९७२ मा एक साता लामो चीन भ्रमण गर्दै २० वर्ष देखिको दुईदेशीय कटुतापूर्ण व्यवहारको अन्त्य गराएका थिए । उनीपछि अमेरिकामा राष्ट्रप्रमुख बनेका राष्ट्रपतिले एकपटक ताईवानका राष्ट्रपतिलाई टेलिफोन गरेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अहिले अमेरिका पनि औपचारिक रुपमा नै एक चीन नीतिको समर्थनमा रहेको छ । तर, राष्ट्रपति पदमा निर्वाचित भईसकेका ट्रम्पले स्वतन्त्रताको माग गर्दै आएकी ताईवानकी राष्ट्रपतिलाई टेलिफोन गर्नुले चीन अमेरिका सम्बन्धमा दरार उत्पन्न गराउने हो कि भन्ने आशंका गरिएको चिनियाँ कूटनीतिज्ञहरुलाई उद्दृत गर्दै द गार्जियनले समाचार प्रकाशित गरेको छ । 
 
चिनियाँ कूटनीतिज्ञहरुले यो टेलिफोन वार्ता चिनियाँ नेताहरुलाई चिढ्याउने काम भएको टिप्पणी गरेका छन् । यसले दुईदेशीय सम्बन्धमा समेत असर पु¥याउन सक्ने आकलन गरेका छन् ।
 
उता, अमेरिकाबाट प्रकाशित हुने सिनोसिजम नामक न्यूज लेटरले पनि यो टेलिफोन वार्ताले दुईदेशीय मित्रतामा असर पु¥याउन सक्ने आँकलन गरेको गार्जियनले जनाएको छ । उक्त न्यूजलेटरलाई उद्दृत गर्दै गार्जियनले लेखेको छ कि ‘हामीले छिट्टै नै बेइजिङबाट यसको प्रतिक्रिया आउने सम्भावना देखेका छौ ।’ न्यूजलेटरमा भनिएको छ ‘यसले दुईदेशीय मित्रतालाई कुनैदिन कठिन स्थानमा नपु¥याउला भन्न सकिँदैन ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ