अर्याललाई मुद्दा लागेसँगै को को छन् मुख्यसचिवको दौडमा ?
लीलादेवीले निमित्तको जिम्मेवारी सम्हाल्ने, ज्ञवाली भदौमा, सुवेदी कार्तिकमा, भट्टराई माघ अन्तिममा, अर्याल फागुनमा र पोखरेल २०८२ बैशाख २ गते अवकाश हुँदै
हाम्रा कुरा
प्रकाशित २०८१ असार १० सोमबार
3.3k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै मुख्यसचिवका लागि दौडधुप शुरु भएको छ । वर्तमान मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध मुद्दा दायर भएसँगै निलम्बित हुँदा नयाँ मुख्यसचिवका लागि दौडधुप शुरु भएको हो ।
हाल तोयानारायण ज्ञावाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, एकनाराण अर्याल र अर्जुन पोखरेल मुख्यसचिवको प्रतिस्पर्धामा छन् । वरीयताको तेस्रो नम्बरमा रहेका भट्टराई र चौथो नम्बरमा रहेका अर्यालमध्ये एकलाई जिम्मेवारी दिने गरी राजनीतिक तहमा छलफल शुरु भएको छ ।