arrow

संसद राष्ट्र निर्माण गर्ने थलो- सभामुख [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
devraj-ghimire-03-16.jpg

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद कानून बनाउने थलो मात्रै नभई राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण केन्द्र भएको बताएका छन् । आइतबार संसद भवनमा ६६ औँ संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले संसद्लाई विधायन निर्माण गर्ने ठाउँ मात्रैका रूपमा बुझ्न नहुने बताए । संसद्को कूटनीतिले मात्रै जनताका भावनाहरू एक ठाउँमा ल्याउन सकिने बताए । उनले संसदीय कूटनीतिले देशलाई ठिक दिशामा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले सरकार पनि संसदबाटै निर्देशित हुने भन्दै संसद्ले लिने अठोट र भूमिकाले नै देशलाई ठिक दिशामा चलाउन सकिने बताए । 

उनले संसद्ले जनताको हृदयमा संसदीय कूटनीतिलाई स्थापित गर्ने गरी व्यवहारतः काम गर्न सक्छ की सक्दैन ? भन्ने कुरा नै अहिलेको मननयोग्य कुरा रहेको बताए । उनले अहिले संसद्ले २०१५ सालको निर्वाचनको परिणामदेखि संसद्ले खेलेका भूमिकालाई अर्काइभ गर्ने, डिजिटलाइज गर्ने कामहरू गरिसकोको बताए । उनले २००७ सालदेखि बनेका कानूनहरु अहिलेको प्रविधिअन्तर्गत डिजिटलाइज गर्ने, अर्काइभ गर्ने र सुरक्षित गर्ने काममा संसद लागिपरेको बताए ।

उनले भने, ‘संसद एउटा विधायन निर्माण गर्ने ठाउँ मात्रै, कानून बनाउने थलो मात्रै होइन राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण केन्द्र हो । राष्ट्र निर्माण गर्नको लागि, यसैबाट सरकार पनि गाइड हुन्छ । निर्देशित हुन्छ र सरकार यसको आधारमा चल्नुपर्छ । किनभने बहुमतले सरकार बनाउँछ । त्यसैगरी यसले कस्तो अठोट लिन्छ । कस्तो दिशा लिन्छ, त्यसले नै समाज कता जान्छ भन्ने कुरा निर्धारण हुन्छ र संसद कति स्थापित भएर जान्छ । जनताको हृदयमा यसलाई स्थापित गर्ने गरी व्यवहारतः काम गर्न सक्छ की सक्दैन ? यो कुरामा सोचेर प्रत्येकले भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो । यसमा पनि दलीय व्यवस्थाअन्तर्गतको हाम्रो संसद छ । हामी निर्वाचित सांसदहरू समावेशिताको सिद्धान्तको आधारमा विभिन्न ढङ्गबाट आए पनि मूलतः दलीय आधारमा हामी आएका छाँै । यही थोरै तिनैमात्रै हामी स्वतन्त्र ढङ्गले आए पनि, आम रूपबाट दलीय आधारमा छौँ । दलको व्यवहारप्रतिको चिन्ता कस्तो छ । सांसदको भूमिकालाई कानून निर्माणमा होस्, सरकार निर्माणमा होस् वा संसद्ले बनाएको कानूनको आधारमा सरकार सञ्चालन गर्ने रूपमा होस् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ