arrow

किन स्थगित भयो राष्ट्रिय सभा बैठक ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । आजको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि डाकिएको बैठक आइतबारसम्मका लागि सरेको हो ।

आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पास गर्ने तयारी गरेको थियो । तर अर्थमन्त्री वर्षमान पुन नै अनुपस्थित भएपछि बैठक सरेको हो । 

एमाले र कांग्रेसले संशोधन प्रस्ताव राखेपछि बैठक सरेको पनि बताइन्छ । आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक प्रतिनिधि सभाले १६ असारमै पारित गरेको थियो । 

नेकपा एमाले सांसद भगवती न्यौपानेले राष्ट्रिय सभामा दर्ता गरेको आर्थिक विधेयकको शेयर हस्तान्तरणमा कर नलाग्ने सम्बन्धी दफामा संशोधन प्रस्ताव दर्ता गरेर कांग्रेस–एमालेले सो संशोधन पारित गर्ने तयारी गरेपछि सरकार झस्केको थियो । 

यो संशोधन प्रस्ताव पास भएमा बजेट असफल भएको ब्याख्या गर्ने रणनीति कांग्रेस–एमालेले बनाएपछि अर्थमन्त्री पुन बैठकमा उपस्थित नभएका हुन् । 

त्यसपछि अध्यक्ष नारायण दाहालले बैठक आइतबारसम्मका लागि स्थगित गरेका थिए । अब राष्ट्रिय सभाको अर्को बैठक असार ३० गते आइतबार सवा १ बजे बस्ने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ