arrow

रवि हत्याका दुई आरोपीले गरे आत्मसमर्पण

logo
नारायण वली,
प्रकाशित २०८१ असार २८ शुक्रबार
killed-81-3-28.jpg

लुम्बिनी । बुटवलका रवि थापाको हत्यामा संलग्न भएको आरोप लागेका फरार दुई युवाले इलाका प्रहरी कार्यालय बुटवलमा आत्मसमर्पण गरेका छन् ।

शुक्रबार दिउँसो साढे १ बजे इलाका प्रहरी कार्यालय बुटवलमा उनीहरुले आत्मसमर्पण गरेका हुन् । गत जेठ २ गते बुटवल उपमहानगरपालिका वडा न-९ कालिका पथमा रहेको मोन्टाना लन्ज एण्ड बारमा भएको कुटपिटबाट गम्भीर घाइते भएका बुटवल उपमहानगरपालिका वडा नं ७ का थापाको उपचारको क्रममा असार १८ गते ज्यान गएको थियो । 

प्रहरीसमक्ष आत्मसमर्पण गर्नेहरुमा बुटवल उपमहानगरपालिका वडा न-६ ट्राफिक चोक निवासी किशोर कुँवर र सोही उपमहानगर वडा न- १७ रानिगञ्जका पुस्मान कार्की रहेका छन् । 

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले अभियुक्तहरु प्रहरीसमक्ष आत्मसमर्पण गरेको र  घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइने बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ