arrow

राष्ट्रिय सभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ५ शनिबार
rastriyasabha-2080-03-28.jpg
फाइल तस्बिर

काठमाडौँ । राष्ट्रियसभामा ‘थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८०’ पेस भएको छ । 

सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहालले उक्त प्रतिवेदन पेस गरे ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराएका थिए । 

त्यसअघि अध्यक्ष दाहालले असार २० गतेको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद शारदादेवी भट्टले प्रयोग गरेका शब्द ‘रेकर्ड’बाट हटाउन निर्देशन दिए । 

सचिवालयबाट अध्ययन गर्दा सांसद भट्टले प्रयोग गरेका ती शब्द राष्ट्रियसभा नियमावली, २०७५ को नियम २१ को खण्ड (घ) १ को व्यवस्था विपरित भएको देखिएको अध्यक्ष दाहालले जानकारी दिए ।

अपाङ्गता भएका व्यक्तिलाई होच्याउने गरी प्रयोग भएका ती शब्दप्रति नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले नियमापत्ति गर्दै रेडर्कबाट हटाउन माग गरेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही साउन ७ गते सोमबार दिउँसो १ः१५ मा बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ