arrow

लुम्बिनीमा नयाँ सरकार गठनको आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
lumbini-province-parliament-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि दाबी पेश गर्न आह्वान गरेका छन् । उनले सोमबार साँझ ६ः३० बजेसम्मको समय दिएर सरकारमा दाबी पेश गर्न भनेका हुन् ।

यसअघि आजै अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभाको बैठकमा राजीनामा दिएका थिए । केन्द्रमा कांग्रेस(एमालेबीच भएको सहमति अनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएको छ । सो अनुसार लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री बन्ने भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ