arrow

राष्ट्रिय सभाले अभिलेखसम्बन्धी प्रतिनिधि सभाको संशोधन सर्वसम्मतिले गर्‍यो अनुमोदन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
Parliament_building-1619601493.png

काठमाडौँ । राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको अभिलेख संरक्षणसम्बन्धी (पहिलो संशोधन) विधेयक २०७७, सर्वसम्मतिले अनुमोदन गरेको छ ।

बैठकमा  ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रतिनिधि सभाबाट आएको संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्दै प्रतिनिधि सभाबाट आएको संशोधनलाई सर्वसम्मतिले अनुमोदन भएको जानकारी गराए । 

मन्त्री पाण्डेले अभिलेखहरुको महत्वपूर्ण सामग्री, बहुमूल्य अभिलेखको संरक्षण गर्ने, सहज ढङ्गले उपयोग गर्ने र विद्युतीय माध्यमबाट पनि यसको ‘रेकर्ड’ हुने व्यवस्थालाई विधेयकबाट  सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय सभाको अर्को बैठक यही साउन १५ गते मङ्गलबार दिउँसो १ः१५ बजे बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ