arrow

मणिमुकुन्द सेन उद्यान

सेनको भग्नावशेष दरबार संरक्षणमा पुरातत्त्व विभागको असहमति

logo
नारायण वली,
प्रकाशित २०८१ साउन ८ मंगलबार
fulbari 5.jpg

लुम्बिनी । बुटवल उपमहानगरपालिका वडा नं २ मा रहेको मणिमुकुन्द सेन उद्यान (फूलबारी) पूर्वपश्चिम महेन्द्र राजमार्गसँग नजिकै रहेको बुटवलको पुरानो बटौलीमा पर्दछ । कुनै बेला पहाडी जिल्लाहरुको नुनदेखि सुनसम्म पाइने थलोको रुपमा स्थापित पुरानो बटौलीमा रहेको फूलवारी पर्यटकीय क्षेत्रको रुपमा विस्तार हुँदै गएको छ । 

विश्वको शान्ति क्षेत्र लुम्बिनीमा आउने बाह्य पर्यटकहरुलाई फूलबारीमा ल्याउन र केही समय पर्यटकहरुलाई बसाल्न पछिल्लो समय फूलबारीमा स्काइ साइकल राखिएको छ भने जीप लाइनको सम्भाव्यता अभ्ययन गर्ने र उपयुक्त देखिएमा कार्यान्वयनमा लैजाने प्रक्रिया अगाडि बढाईएको मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फूलबारी) का महासचिव घिमिरेले जनाए । 

उनले भने, फूलबारीलाई रातीमा पनि कसरी उज्यालो बनाउन सकिन्छ भनेर त्यसको अध्ययन भइरहेको र पर्यटकहरुलाई थप आकर्षित गर्न प्रदेश सरकार र बुटवल उपमहानगरसँग समन्वय गरेर उद्यानमा थप पर्यटकीय नयाँ आयामहरु निर्माण गर्ने गरी आगामी योजनाहरु बनाइएको छ ।' 

उनले अगाडि भने, 'हामीले उद्यानमा बुटवल उपमहानगरको सहयोगमा पर्यटकहरुका लागि सन्चो बिसन्चो केन्द्र स्थापना गरेका छौँ, मणिमुकुन्द सेन सूचना केन्द्रको लागि उपमहानगर र प्रदेशसँग सहयोग लिने, फूलबारीलाई पिकनिक स्थलको रुपमा भन्दा पनि आगामी १० वर्षमा नेपालकै पार्कहरुको विषयमा अध्ययन अवलोकन गर्न आउने उद्यानको रुपमा विकसित गर्ने लक्ष्य लिएको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष माधव नेपालले बताए । 

अध्यक्ष नेपालले भने, 'मणिमुकुन्द सेनको दरबारको भग्नाबशेष एउटा भित्ता बाँकी छ । त्यही भित्तालाई संरक्षण गर्न अस्थायी टहरा बनाउन पुरातत्त्व विभागका कर्मचारीलाई अनुगमनमा आएका बेला आग्रह गर्यौं, तर उहाँहरुले हामीहरुलाई कुनै भौतिक संरचना नबनाउन खबरदारी गर्नुभयो । यद्यपि त्यस्ता संरचना बनाउनु भयो भने पुरातत्त्व विभागलाई चिन्नुभएको छ नि ? समेत भन्नुभयो ।'

अध्यक्ष नेपालले विडम्बना पोख्दै भने, 'हामीहरुले संरक्षणसँगै थप पर्यटन प्रवर्द्धनमा जोड दिन खोजे पनि सम्बन्धित निकायबाट असहयोग भयो, इतिहासको संरक्षण गरी नयाँ पुस्ता र आगन्तुक पर्यटनहरुको एउटा अध्ययन केन्द्र र सेन राजाको चिनारीलाई जीवन्त राख्न खोजेको प्रयास विफल भयो । यसप्रति हामी चिन्तित छौँ, गम्भीर छौँ, कि ऐतिहासिक स्थलको बचाउ गर्न नपाउँदा ।'

फूलबारीभित्र रहेको विसं १५७५ सालमा स्थापना भएको पुरानो मणिमुकुन्द सेनको जीर्ण भग्नावशेष अवस्थामा रहेको दरबारलाई पुनर्निर्माण गरी पर्यटकीय संग्रहालय बनाउन सकेमा स्वदेशी पर्यटक, छिमेकी देश भारत र तेस्रो मुलुकका पर्यटकहरुको आकर्षणको गन्तव्य बन्न सक्ने प्रवल सम्भावना रहेको सरोकारवालाहरुको भनाइ छ । 

राष्ट्रिय उद्यान महासंघका अध्यक्ष तथा मणिमुकुन्द सेनका निवर्तमान अध्यक्ष खेमप्रसाद लुइँटेलले फूलबारीलाई नेपालकै प्रभावकारी एवं नयाँपनका आयामहरु थप्न नयाँ कार्यसमितिले ध्यान दिनुपर्ने सुझाए । 

मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका प्रमुख कार्यकारी अधिकारी अनन्तराज सिलवालले दिएको वार्षिक प्रतिवेदन अनुसार गत वर्ष २०८०/०८१ मा टिकट काटेर ५ लाख ४९ हजार ३ सय ९४ जना, विभिन्न उद्देश्यले टिकट नकाटेर प्रवेश गरेका अनुमानित १ लाख ५० हजार गरी कुल ६ लाख ९९ हजार ३ सय ९४ जना स्वदेशी, साधारण प्रवेश ३ लाख ९० हजार एक सय पचास र ५७ हजार २ सय ३० जना (१०.५) प्रतिशत भारतीय आगन्तुक पर्यटकहरुले अवलोकन गरेको उल्लेख छ ।

प्रतिवेदन अनुसार गत वर्ष उद्यानमा ३ करोड ७३ लाख ६१ हजार ८ सय ७४ रुपैयाँ आम्दानी भएकोमा गत असारमसान्त सम्मको खर्च ३ करोड ३७ लाख १४ हजार ६ रुपैयाँ र प्रशासनिक खर्च ९२ हजार ३८ हजार १८ रुपैयाँ अर्थात् २७.५ प्रतिशत र विकास निर्माण, चिडियाखाना, बगैँचा व्यवस्थापनमा २ करोड ४४ लाख ७५ हजार नौ सय ८७ रुपैयाँ खर्च भएको देखिएको छ भने तिर्नुपर्ने दायित्वमा ६७ लाख ६५ हजार पाँच सय, गत आर्थिक वर्षको बक्यौता ८४ लाख ४८ हजार सात सय ३४ र कामना, सिटिजन, एभरेष्ट तीनवटा बैंकमा ३६ लाख ४७ हजार आठ सय ६८ गरी कुल एक करोड ५२ लाख १४ हजार दुई सय ३४ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाईएको छ । उद्यानले गत आबमा शिवालय मन्दिर निर्माण, २७ हजार पाँच सय वर्ग फुटमा दुवो रोपण, कुडुले घर, ७० वर्षमाथिका ज्येष्ठ नागरिक र फरक नागरिकरुको लागि टिकटमा छुटका व्यवस्था लगायत २१ वटा प्रगति गरेको जनाइएको छ । 

नमूना मणिमुकुन्द सेन दरबार एवं सङ्ग्रहालय निर्माणका लागि सरकारसँग आवश्यक समन्वय जारी राख्ने र स्रोत व्यवस्थापन भएमा निर्माण कार्य अघि बढाउने, तारामण्डल स्थापनाका लागि सम्भाव्यता अध्ययन, स्रोतको खोजी गर्दै अगाडि बढाउने, उद्यानलाई निश्चित वर्षको नमूनामा बुटिक उद्यानको रुपमा विकास गर्ने र मुना मदन बाटिकालाई थप आकर्षक गराई नमुना ढुङ्गे बगैँचाको रुपमा विकास गर्ने दीर्घकालीन योजना रहेको बताइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ