विद्यालयका प्रधानाध्यापक शिक्षा आयोगबाट ल्याउने व्यवस्था गर्नुपर्छ- चन्द्र भण्डारी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
873
Shares
काठमाडौँ । पाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले विद्यालयका प्रधानाध्यापक शिक्षा सेवा आयोगबाट ल्याउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । विद्यालय शिक्षा विधेयक संसद्मा पेस भएको उल्लेख गर्दै उनले त्यहाँ सो कुरालाई समावेश गर्न सरकारसँग माग गरेका हुन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले विद्यालय तहको नेतृत्व प्रधानाध्यापकले गर्ने भएकाले उसले दृढ भएर काम गर्न पनि सो आयोगले चयन गर्नुपर्ने बताए । सांसद भण्डारीले अन्तर्राष्ट्रिय क्षेत्रमा अनुसन्धान गरिरहेकाहरूलाई विश्वविद्यालयको नेतृत्वमा पुर्याउन पनि सरकारलाई सचेत गराए ।
उनले भने, ‘अहिले शिक्षा विधेयक आएको छ । त्यो शिक्षा विधेयकलाई हामीले कुनै पनि नेतृत्व इच्छाशक्तिको भएन भने, कुनै नेतृत्व दृढ भएन भने, कुनै नेतृत्वले आफ्नो संस्थालाई परिबार सम्झेन भने कुनै पनि ठाउँ, कुनै पनि देश अगाडि बढ्न सक्दैन । त्यसकारण विद्यालयका हेडमास्टरहरूलाई शिक्षा सेवा आयोगबाट ल्याउने व्यवस्था गर्यो भने त्यो हेडमास्टरबाट, त्यो नेताबाट शिक्षा क्षेत्र अगाडि बढ्न सक्छ भन्ने मलाई लाग्छ । आज विश्वविद्यालय नेताविहीन जस्तो छ । त्यहाँको प्रोफेसर, जसले अनुसन्धानको क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा काम गर्न सक्छ, उसलाई नेतृत्व दिए मात्रै विश्वविद्यालय चलाउन सक्छ ।’