arrow

बीस वर्षीया हीरालाई मार्‍यो बाघले

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
tiger-suklafata-rss.jpg
तस्बिर – फाइल ।

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । आफ्नै खेतबारीमा धान गोड्ने क्रममा बिहीबार बिहान १०ः४५ बजेको समयमा बाघले एक्कासी आक्रमण गर्दा दोधाराचाँदनी नगरपालिका २ की २० वर्षीया हीरा शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाघले महिलालाई आक्रमण गरेको स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले खोजतलास गर्दा महिलालाई उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ