arrow

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १८ शुक्रबार
dirghabahadur-sodari-sudur-chiefminister.jpg
तस्बिर : फाइल

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन्। उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन्।

आज बैठकमा उनले विश्वासको मत लिने कार्यसूची थियो। तर, उनले विश्वासको मतको प्रस्ताव पेस नै नगरेर राजीनामा दिएका हुन्। उनी ०८१ वैशाख ६ गते मुख्यमन्त्री बनेका थिए।

उनी एमाले र नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्री बनेका थिए। केन्द्रमा गठबन्धन फेरिएसँगै असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ