arrow

आज मिडिया काउन्सिल विधेयकमाथि दफाबार छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
rastriyasabha-81-3-21.jpg
फाइल तस्बिर

काठमाडौँ । राष्ट्रिय सभाको विद्यायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयकमाथि आज दफाबार छलफल हुने भएको छ । 

सोमबार बसेको बैठकमा काउन्सिलको अध्यक्ष र सिफारिस समितिको संयोजक कसलाई बनाउने भन्ने विषयमा प्रस्ट हुन नसकेपछि बैठक मङ्गलबार सरेको हो । 

समिति सभापति जयन्तीदेवी राईले असहमति हुँदै आएका विधेयकका केही बुँदामा एकरूपता ल्याउने प्रयास भइरहेको बताइन् । 

“लगभग धेरै बुँदामा साझा सहमति बनिसकेको छ, अध्यक्ष र सिफारिस समितिको संयोजक राख्ने विषयमा प्रष्ट हुन सकिएको छैन । यस विषयमा पनि चाँडै टुङगोमा पुग्छौँ”, उनले भनिन् ।  

सांसद डा बेदुराम भुसाल, भगवती न्यौपाने, सुरेश आलेमगर, आनन्दप्रसाद ढुङ्गानालगायतले विधेयकमाथिको छलफलमा भाग लिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ