arrow

प्रधानमन्त्रीसहित मन्त्रीहरुले राष्ट्रिय सभामा जवाफ दिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३१ बिहिबार
Parliament_building-1619601493.png

काठमाडौं । सरकारले आज राष्ट्रिय सभामा जवाफ दिने कार्यक्रम रहेको छ । दिउँसो १ः१५ बजे बस्ने राष्ट्रिय सभा बैठकमा प्रश्नोत्तरको कार्यक्रम रहेको हो । 

जसमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, उर्जा मन्त्री दीपक खड्का र संस्कृति तथा पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेले जवाफ दिने कार्यसूची रहेको छ । 

सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने छन् । । 

बैठकमा सम्बन्धित मन्त्रालयसँग विषयगत मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयको आजको सम्भावित कार्यसूचीमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ