arrow

राष्ट्रिय सभाको शून्य समय हरेक दिन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३१ बिहिबार
narayan-dahal-81-4-31.jpg

काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठकमा पनि दैनिक शून्य समय रहने भएको छ । बिहीबारको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अब हरेक दिन शून्य समय रहने बताए । 

कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णयअनुसार अब राष्ट्रिय सभा बैठक बसेको हरेक दिन शून्य समय हुने भएको हो । 

यसअघि हप्ताको तीन दिनमात्र शून्य समय हुँदै आएको थियो । आजको बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृतिमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ