म्यानचेस्टर सिटीको विजयी शुरूआत, घरेलु मैदानमै चेल्सीको विजोग
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३ सोमबार
456
Shares
काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले शानदार शुरुआत गरेको छ । लगाचार चार पटक उपाधि जितेर कीर्तिमान रचेको म्यानसिटीले कीर्तिमानलाई अझ फराकिलो बनाउने संकेत दिएको छ ।
त्यसको आधार बलियो प्रतिद्धन्द्धी चेल्सीविरुद्ध उसकै मैदानमा शानदार जित हासिल गर्नु हो । नयाँ सिजनमा विजयी शुरूआत गर्ने क्रममा म्यानसिटीले चेल्सीलाई २–० गोल अन्तरले पराजित गर्यो ।
म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड र माटेओ कोभाकिकले एक–एक गोल गरेका थिए ।
हालाण्डले खेलको १८औँ मिनेटमा गोल गर्दै शुरूआती अग्रता दिलाएका थिए भने कोभाकिकले खेलको ८४ औँ मिनेटमा गोल गरेका थिए ।
अर्को खेलमा ब्रेन्टफोर्डले क्रिस्टल प्यालेसलाई २–१ ले हरायो ।