arrow

३५ किलोको भेटियो अजिङ्गर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
ajingar.jpg

कञ्चनपुर । कञ्चनपुरमा ३५ किलोको अजिङ्गर भेटिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–७ वर्का सिङ्पुरका स्थानीयको उखुबारीमा ३५ किलो तौल र १३ फिट  लम्बाइ भएको  ब्रुमाइज पाइथान (अजिङ्गर) भेटिएको हो । 

उक्त अजिङ्गरको उद्धार गरिएको छ । अजिङ्गरको सोमबार साँझ उखुबारीबाट उद्धार गरी स्थानीयले सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको सामुदायिक वनका अध्यक्ष पविराम थारुले जानकारी दिए । 

अजिङ्गर आहाराको खोजीमा बस्ती नजिकको उखुबारीमा आएको हुनसक्ने सामुदायिक वनका अध्यक्ष थारुले बताए । 

वन क्षेत्रमा रहेका तालतलैया र सीमसार क्षेत्र संरक्षण गरिएपछि अजिङ्गरलगायत सरीसृपको सङ्ख्या बढ्दै गएको उनले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ