arrow
ADVERTISEMENT

मानव-सर्प सहअस्तित्व

नेपाल सर्प महोत्सव हुने, मानव सर्प द्वन्द्व न्यूनीकरणमा जोड

logo
नारायण वली,
प्रकाशित २०८१ भदौ ३० आइतबार
snake- festival-3.jpg

लुम्बिनी । नेपालमा जंगली वन्यजन्तु र अन्य जीवहरुबाट भन्दा सर्पसँग बच्न जोखिम बढ्दै गएको छ । बर्सेनि सर्पको टोकाइबाट धेरै मानिसको मृत्युु हुने गरेको पाइन्छ ।

वातावरण संरक्षणमा महत्त्वपूर्ण मानिने सर्पबाट कसरी बच्ने, सर्पदंशको सिकारबाट कसरी बच्ने र टोकाइ भइहाले त्यसको उपचार कसरी गर्ने भन्ने ज्ञानको सचेतना नभएका कारण धेरै मानिसहरुको ज्यान अकालै जाने गरेको सर्प विज्ञ कमल देवकोटा बताउँछन् । 

आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित रहेको शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनबाटिकामा) आगामी असोज १ र २ गते आयोजना गर्न लागिएको नेपाल सर्प महोत्सवको बारेमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देवकोटाले यस्तो बताएका हुन् ।

उनले नेपालमा ९० प्रजातिका सर्प रहेकामा २० प्रतिशत विषालु  रहेको जानकारी दिए । सर्पको विषबाट विभिन्न औषधिहरुसमेत बन्ने गरेको बताउँदै सर्पलाई मार्नुभन्दा व्यवस्थापनतर्फ लाग्नुपर्नेमा जोड दिए । 

नेपालमा सर्पका प्रजाति, मानव सर्प द्वन्द्व न्यूनीकरण, सर्पदंश व्यवस्थापन र सर्प संरक्षणको महत्त्वमा केन्द्रित रही जैविक विविधता संरक्षण सम्बन्धि विभिन्न सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका देवकोटाले जनचेतना जगाउनका निम्ति वनबाटिकामा नेपाल सर्प महोत्सव गर्न लागिएको स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा धरानस्थित बीपी मेमोरियल हस्पिटलले तयार गरेको एक तथ्यांकले सर्पले वार्षिक ४० हजार जनालाई टोक्ने र ३ हजारको मृत्यु हुने गरेको बताइएको थियो ।

महोत्सवमा सर्प र सर्पदंशको क्षेत्रमा लामोसमयदेखि काम गरेका अनुभवी विज्ञहरुले महोत्सवमा सेभ द लाइभ्स, थिएटर इन एजुकेसन, सेभ स्नेक्स सेभ नेचर, मानव सर्प सह अस्तिस्व, सेभ द किङ्ग लगायतका बारेमा जानकारी गराउँदै सर्पहरुको विभिन्न महत्व, पर्यावरणीय महत्त्व, चिकित्सकीय आवश्यक्ता, धार्मिक तथा सांस्कृतिक महत्त्व, सांस्कृतिक नृत्य प्रदर्शन, सर्प संग्रहालय नमूनाको प्रदर्शन, सर्प समाउने र उद्धार गर्ने तरिका प्रदर्शन, कला प्रदर्शनी र नेचर वाल्क र हर्पिंग गरिने जनाइएको छ ।  

महोत्सवको आयोजना शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले भएको छ । तिलोत्तमा नगरपालिका, डिभिजन वन कार्यालयको सहयोगमा हुने महोत्सवको सवै तयारी पूरा भएको शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले जानकारी गराएका थिए ।

सर्पको टोकाइबाट आफू पनि बच्ने र सर्पलाई पनि बचाउ भन्ने उद्देश्यले महोत्सव गर्न लागिएको वन बाटिकाका उपाध्यक्ष एवं सर्प उद्धारकर्मी खिमलाल पाण्डेले बताए ।

उनले सर्पबाट कसरी बच्ने, टोकाइ भएमा त्यसको उपचार कसरी गर्ने भन्ने कुरालाई आमनागरिकलाई सचेतना जगाउन सर्प महोत्सव गर्न लागिएको बताए । महोत्सवमा एउटा विषालु र अर्को अविषालु गरी दुई प्रकारका सर्पको प्रदर्शन गरिने छ । महोत्सवकमा करिब ५ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । 

नेपालमा संख्यात्मक रुपमा बाहिरबाट पढेर आएका करिब १० जना जति डाक्टर भएको र नेपालमा त्यसको शैक्षिक पाठ्यक्रम पढाइ नभएकले सर्पदंशको उपचार गर्न विशेषज्ञ डाक्टरहरु नभएको भन्दै राज्यले त्यसतर्फ ध्यान दिनुपर्ने सरोकारवालाहरुले सुझाएका थिए ।

महोत्सवपश्चात् सर्प र समग्र जैविक विविधता प्रतिको आमनागरिकहरुको धारणामा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्ने र २१ औं शताब्दीमा मानिसहरुलाई चेतना जगाउन र रचनात्मक तरिकाको प्रयोगले सर्पको बारेमा केही शिक्षा आदानप्रदान हुने विश्वास लिइएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ