arrow

तीन दिन भारी वर्षा, देशभरका सशस्त्रको युनिट उच्च सतर्कतामा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १० बिहिबार
amit-sing-apf.jpg

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने जानकारी गराएसँगै सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जनाएको छ । मौसम विज्ञान विभागले आगामी तीन दिन(शुक्रबार, शनिबार र आइतबार) भारी वर्षा हुने भन्दै सूचना जारी गरेको छ । ५६ वटा जिल्लामा वषावको रेड अर्लड जारी गर्दै सचेत रहन आग्रह समेत गरेको छ । 

यस्तो अवस्थामा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल नेपाल तयारी अवस्थामा बसेको हो । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन महाशाखाका सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले आफूहरू विपद्का कारण आइपर्ने घटनाहरूको व्यवस्थापनका लागि स्रोत, साधनसहित तयारी अवस्थामा रहेको बताए । 

उनले सशस्त्र प्रहरीको देशभर रहेका कार्यालयहरूलाई आगामी तीन दिन उच्च सतर्कता अपनाउन सूचना जारी गरिसकेको बताए । उनले सशस्त्र प्रहरीका सबै युनिटहरू स्रोत, साधनसहित उच्च सतर्कताका साथ बसिरहेको जानकारी दिए । उनले १३ वटा हेवी इक्युपमेण्टलाई तयारी अवस्थामा राखिएको बताए ।

त्यसैगरी बाढी, पहिरो र डुबानबाट विस्थापित हुनेहरूका लागि अस्थायी क्याम्प खडा गर्न २८ वटा कन्टेनरहरूलाई पनि तयारी अवस्थामा राखिएको उनको भनाई छ । उनले सबै जिल्लाहरूमा आवश्यक उपकरणहरूसहित बन्दोबस्त गरिएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ