arrow

लगातारको झरीले मारमा बाहिर निस्कनेहरू [फोटोफिचर]

logo
सयुबा पोखरेल, 
प्रकाशित २०८१ असोज ११ शुक्रबार
raining-kathmandu-81-6-11y-.jpg

काठमाडौँ । अहिले देशैभर वर्षा भइरहेको छ । गत मंगलबार पूर्वबाट शुरु भएको यो झरी बिहीबार देशैभर पुगेको छ । जसका कारण जनजीवन अस्तव्यस्त भएको छ । 

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिबारलाई त भारी वर्षा हुने भन्दै सचेत रहन आग्रह गरिसकेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेका कारणले विभिन्न नदी क्षेत्रहरुमा खतराको घण्टी बजाइएको छ । 

भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेसँगै असोजमा झरी परिरहेको छ । 

काठमाडौँ उपत्यकामा पनि भारी वर्षा भएको छ । बिहीबार बेलुकीदेखि निरन्तर वर्षा भइरहेको छ । वरिपरिका खोलाहरुले खतराको घण्टी बजाइसकेका छन् । ठाउँठाउँमा डुबान भएको छ । 

यस्तो मौसमबीच पनि बाहिर निस्कनेहरुका लागि सकस भएको छ । काठमाडौँका विभिन्न स्थानमा सवारी साधनमा बाहिर निस्केकादेखि लिएर पैदल हिँड्नेसम्मलाई अप्ठेरो भएको छ । 

raining-kathmandu-81-6-11y (1).jpg
raining-kathmandu-81-6-11y (2).jpg
raining-kathmandu-81-6-11y (3).jpg
raining-kathmandu-81-6-11y (4).jpg
raining-kathmandu-81-6-11y (5).jpg
raining-kathmandu-81-6-11y (6).jpg
raining-kathmandu-81-6-11y (7).jpg
raining-kathmandu-81-6-11y (8).jpg
raining-kathmandu-81-6-11y (9).jpg
raining-kathmandu-81-6-11y (10).jpg
raining-kathmandu-81-6-11y (11).jpg
raining-kathmandu-81-6-11y (12).jpg
raining-kathmandu-81-6-11y (13).jpg
raining-kathmandu-81-6-11y (14).jpg
raining-kathmandu-81-6-11y (15).jpg
raining-kathmandu-81-6-11y (16).jpg
raining-kathmandu-81-6-11y (17).jpg
raining-kathmandu-81-6-11y (18).jpg
raining-kathmandu-81-6-11y (19).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ