arrow

सुकुमाया मृत्यु प्रकरणः होटलमा सँगै बसेका सञ्जय पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ५ शनिबार
sanjay-bk.jpg

पोखरा । पोखराको नागढुंगास्थित होटलमा अचेत भेटिएकी सुकुमाया विकको हत्या आरोपमा एक युवकलाई प्रहरीले ८ महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगरपालिका वडा नं. ९ मल्मका २९ वर्षीय सञ्जय विक छन् ।

उनलाई साउन २ गते बिहान गैँडाकोट २ हर्कपुरस्थित डेराबाट पक्राउ गरिएका कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

उनी श्रीमती र छोरालाई पोखरामै छाडेर गैँडाकोटमा कोठा लिएर लुकिछिपी बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २०८० मंसिर ५ गते पोखरा ८ नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा काम गर्दै आएकी ३२ बर्षीया सुकु विक युनिक होटलमा अचेत अवस्थामा भेटिएकी थिइन् । उनलाई उद्धार गरी चरक मेमोरियल अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो ।

प्रहरीका अनुसार सञ्जय सुकुसँग सँगै बसेको र उनले सुकुको घाँटी थिची हत्या गरेको विभिन्न अनुसन्धानले पुष्टि गरेको छ ।

प्रहरीले उनीबिरुद्ध २०८० पुसमा कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

उनीमाथि २०७२ असारमा चोरी र २०७३ भदौमा अभद्र व्यवहार कसूरमा मुद्दा चलेको अभिलेखबाट देखिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ