- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दोलखाको उत्तरी लामावगरका –२ बालिकालाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा ३ जना पक्राउ परेका छन् । विहिबार राती करिब पौने १० बजे लामावगर–९ को एक घरमा अभिभावक नभएका मौका पारी बालिकालाई जवरजस्ती करणी गर्न खोजेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यलय दोलखाले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गौरीशंकर ६ बस्ने २० वर्षका पासाङ शेर्पा, सोही गाविस ४ बस्ने वर्ष २० वर्षीय पूर्ण बहादुर ठकुरी र वडा नम्बर ९ बस्ने १८ वर्षीय लाक्पा शेर्पा रहेको जिल्ला प्रहरीले जनाएको छ । उनीहरुको क्रियाकलापबारे थप अनुसन्धान भइरहेको छ । यस्तै, बहुविवाह आरोपमा मिर्गे–३ बस्ने ४५ वर्षीय सोमबहादुर खत्री र भक्तपुर नगरकोट नगरपालिका–१ बस्ने मञ्जु खत्रीलाई पहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई खत्रीकी जेठीे श्रीमती चमेलीले जाहेरी दिएपछि कोटेश्वरवाट पक्राउ गरेको प्रहरीले जनाएको छ । ती दुईबारे पनि अनुसन्धान भइरहेको बताइएको छ ।