arrow

मोटर चलाउने क्रममा करेन्ट लागेर दुर्गानन्दको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २० आइतबार
siraha1.png

सिराहा । सिराहामा करेन्ट लागेर आइतबार एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं २ पोखरभिण्डाका ५५ वर्षीय दुर्गानन्द चौधरी रहेका छन् ।

आफ्नै खेतको कलमा जडान गरिएको विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ