arrow

अमेरिकाको नर्थ क्यारोलाइनामा तिहारलाई मान्यता, बिदाको निर्णय हुन बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ३ शनिबार
Tihar lights-Kathmandu valley-Nepal photo-Library  (6).jpg
तस्बिर – फाइल ।

नर्थ क्यारोलाइना । अमेरिकाको नर्थ क्यारोलाइन राज्यले नेपालीहरूको दोस्रो ठूलो चाड चाड तिहारलाई नेपाली समुदायको मुख्य पर्वको रुपमा मान्यता दिएको छ । 

गत अक्टोबर १७ तारिखमा तिहारलाई मान्यता दिएको हो । यो विशेष वर्वको दिन सार्वजनिक बिदा दिने निर्णय हुन भने बाँकी रहेको बोर्डस अफ कमिशनर्सका अध्यक्ष मेल्भिन स्किप एल्सटनले संकल्प पत्र पठाएर उल्लेख गरेका छन् । 

उनको पत्रमा गुइफोर्ड काउन्टीमा हिन्दूहरुले सांस्कृतिक, आर्थिक र सामाजिक क्रियाकलापमा अहम् भूमिका खेलेको भन्दै तिहारलाई मान्यता दिएको उल्लेख छ । अमेरिकी तथ्यांक ब्युरोका अनुसार उक्त क्षेत्रमा १७ हजार भन्दा बढी परिवार एसियाली मूलका विशेषगरी नेपाली र भारतीय हिन्दूहरु रहेको उल्लेख गर्दै पत्रमा बत्तीको पर्व विश्वमै सबैले मनाउने पनि उल्लेख छ । 

आगामी अक्टोबर २९ देखि नोभेम्बर ३ तारिखसम्म गुइफोर्ड काउन्टीले बत्तीहरुको पर्व विशेष प्रकारले मनाउने पनि उल्लेख गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ