arrow

भारत र जर्मनीबीच समझदारी पत्रमा हस्ताक्षर, युक्रेन द्वन्द्वबारे चिन्ता व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ११ आइतबार
india-germany.jpg

काठमाडौँ । भारत र जर्मनीबीच समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी र जर्मन चान्सलर ओलाफ स्कोल्जको उपस्थितिमा विज्ञान र प्रविधि, वातावरण विज्ञान र स्वास्थ्य लगायतका क्षेत्रमा समझदारी पत्र हस्ताक्षर भएको हो । 

उक्त अवसरमा हस्ताक्षर भएका द्विपक्षीय दस्ताबेजमा नवप्रवर्तन र प्रविधि, हरित हाइड्रोजन रोडम्याप र आपराधिक मामिलामा पारस्परिक कानूनी सहायता सन्धि समावेश गरिएको छ ।

साथै प्रधानमन्त्री मोदी र जर्मन चान्सलर सोल्सले युक्रेनमा बढ्दो द्वन्द्व र यसको दुखद मानवीय परिणामहरूमाथि गहिरो चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय कानून अनुरूप न्यायपूर्ण र स्थायी शान्तिको आवश्यकतामा जोड दिएका छन् । 

युक्रेन द्वन्द्वमा आमनागरिकको ज्यान गएकोमा चिन्ता व्यक्त गर्दै दुबै नेताले गाजामा रहेका सबै बन्धकहरूलाई तत्काल रिहा गर्न पनि आह्वान गरेका छन् । 

दुबै दशेको संयुक्त वक्तव्यमा, प्रधानमन्त्री मोदी र ओलाफ सोल्सले सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मानसहित संयुक्त राष्ट्र बडापत्रका उद्देश्य र सिद्धान्त, अन्तर्राष्ट्रिय कानूनको सिद्धान्त अनुरूप व्यापक, न्यायपूर्ण र स्थायी शान्तिको आवश्यकतालाई दोहोर्‍याए । 

विशेष गरी विकासशील र अल्पविकसित देशमा विश्वव्यापी खाद्य र ऊर्जा सुरक्षाको सन्दर्भमा युक्रेन युद्धले निम्त्याएको नकारात्मक प्रभावबारे पनि दुई नेताहरूले उल्लेख गरेका छन् । 

प्रधानमन्त्री मोदी र चान्सलर सोल्सले विज्ञप्तिमार्फत मध्यपूर्वमा शान्ति र स्थिरता हासिल गर्ने आफ्नो साझा चासो व्यक्त गर्दै गत वर्ष अक्टोबर ७ मा इजरेलमा हमासको आक्रमणको निन्दा गरेका छन् । 

दुई नेताले लेबनानमा द्रुत रूपमा बिग्रँदै गएको अवस्था बारे गहिरो चिन्ता व्यक्त गरेका छन् । जर्मन चान्सलर हाल भारतको तीन दिने औपचारिक भ्रमणमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ