- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपालीको दोश्रो ठूलो पर्व तिहार अर्थात् फूलहरूको पर्व तिहार आएसँग बजारमा प्रतिबन्धित प्लास्टिकका फूलहरूको व्यापार बढेको छ ।
सरकारले यस्ता प्लास्टिकका नक्कली फूल उत्पादन तथा बिक्री वितरणमा रोक लगाए पनि बजारमा यसको व्यापार भने रोकिएको छैन ।
खुलेआम बिक्री हुँदासमेत प्रशासनले कारबाही गरेको छैन । निर्णय गर्ने तर बारबाही नगर्ने प्रशासनको नियतप्रति शंका भइरहेको छ ।
विभिन्न जिल्लाहरुले कानूनी कारबाही गर्ने भनेर उर्दी जारी गरे पनि रोकिन सकेको छैन । काठमाडौँ महानगरपालिकाले त प्लाष्टिकका मात्र हैन स्वदेशी फूल बेच्नका लागि भनेर काठमाडौँका ४६ ठाउँ नै तोकेको छ ।
तर त्यही काठमाडौँभित्र प्लाष्टिकका नक्कली फूल छ्यापछ्याप्ती बेच्न राखिएको छ ।