arrow

काग तिहार

नारायणहिटीमा काग सम्मेलन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १४ बुधबार
kaag-samelan-081.jpg

काठमाडौँ । काठमाडौंको नारायणहिटी दरबार क्षेत्रमा २१ औँ ‘काग सम्मेलन’ गरिएको छ । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा नारायणहिटी दरबार क्षेत्रमा आज बिहान काग बोलाएर २१ औँ काग सम्मेलन गरिएको हो । सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए । 

दुलालले कागको स्वर निकालेर बोलाएपछि कागहरू उनको आवाज भएको ठाउँसम्म आइपुगेका थिए । दुलालले विगत २० वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन् । काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रूपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । 

काग तिहारमा कागलाई मीठा मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । काग सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै दुलालले यमलोकको खबर कागमार्फत पठाउने सन्देशका रूपमा मनाइने गरेको बताए । कागलाई दूतको रूपमा पूजा गर्ने गरेको र आफूले विगत २० वर्षदेखि काग सम्मेलन गरेको बताए । उनले धनगढीमा बस्दा सपनामा काग कराएको देखेको र बिपनामा पनि कागको स्वर निकालेर कराउन शुरु गरेको बताए । सपनामा देखेको कुरा बिपनामा अभ्यास गरेपछि काम आएकाले काग बोलाएर सम्मेलन गरेको बताए ।  



नयाँ