arrow

कुकुर तिहार

घरमा बँधुवादेखि सुरक्षा अधिकृतसम्मका कुकुरहरुको गरियो पूजा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १५ बिहिबार
kukur-tihar-dog-tihar-2081-.jpg

काठमाडौँ । यमपञ्चकको दोस्रो दिन बिहीबार कुकुर तिहारमा कुकुरको पूजा गरी मनाइएको छ । हिन्दू परम्परा अनुसार कात्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बाहन कुकुरको पूजा गर्ने गरिन्छ । 

मानिसको निकट साथीको रुपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन रहेको छ । सडकमा छाडा रहेका, घरमा सौखको रुपमा सिक्रीमा बाँधेर राखिएका र सुरक्षा अनुसन्धानमा सशक्त देखिएका प्रहरी अधिकृतसम्मका कुकुरहरुको आफ्नै शैलीमा पूजा गरिएको हो । 

सो क्रममा कुकुर तिहारको अवसरमा नेपाली सेनाका तालिम प्राप्त कुकुरहरूको पूजा गरिएको छ । भक्तपुरको मध्यपुर थिमिमा अवस्थित भैरवबहान गुल्मका तालिम प्राप्त कुकुरहरूको बिहीबार एक विशेष समारोहकाबीच पूजा गरिएको हो । 

त्यस्तै नेपाल प्रहरीले केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रका कुकुरको विशेष रूपमा पूजा गरेको छ। नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रयोग गरेका तालिम प्राप्त कुकुरहरूको पूजा गरेको छ।

प्रहरी केन्द्रीय कुकुर तालिम केन्द्रकी निर्देशक डिआईजी देउती गुरुङले अरु दिन नियमित काम र अभ्यास गर्ने कुकुर तिहारको एक दिन विशेष पूजा गरिने बताइन् । 

उनले प्रहरीको अनुसन्धान लगायतका काममा सहयोग गर्ने कुकुरलाई पनि कर्मचारी सरह व्यवहार गरेर सरकारले कुकुर पालेको जानकारी दिइन्।
 

kukur-tihar-dog-tihar-2081 (1).jpg
kukur-tihar-dog-tihar-2081 (2).jpg
kukur-tihar-dog-tihar-2081 (3).jpg
kukur-tihar-dog-tihar-2081 (4).jpg
kukur-tihar-dog-tihar-2081 (5).jpg
kukur-tihar-dog-tihar-2081 (6).jpg
kukur-tihar-dog-tihar-2081 (7).jpg
kukur-tihar-dog-tihar-2081 (8).jpg
kukur-tihar-dog-tihar-2081 (9).jpg
kukur-tihar-dog-tihar-2081 (10).jpg
kukur-tihar-dog-tihar-2081 (11).jpg
kukur-tihar-dog-tihar-2081 (12).jpg
kukur-tihar-dog-tihar-2081 (13).jpg
kukur-tihar-dog-tihar-2081 (14).jpg
kukur-tihar-dog-tihar-2081 (15).jpg
kukur-tihar-dog-tihar-2081 (16).jpg
kukur-tihar-dog-tihar-2081 (17).jpg
kukur-tihar-dog-tihar-2081 (18).jpg
kukur-tihar-dog-tihar-2081 (19).jpg
kukur-tihar-dog-tihar-2081 (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ