arrow

सुरक्षा निकायको कुकुर पूजा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १५ बिहिबार
dog-day.jpg

काठमाडौँ । आज (यमपञ्चक) तिहारको दोस्रो दिन अर्थात् कुकुर तिहार । सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने विश्वास रहेको छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको बाहान पनि भनिन्छ । त्यसैगरी विनाशकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्व सूचना समेत दिने गरेको छ । कुकुर इमानदार र बफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ ।

 परापूर्व कालदेखि कुकुरलाई वर्षमा एक पटक इमानदार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ । कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एक पटक यमपञ्चकको दोस्रो दिन पारेर पुज्ने गर्दछन् । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ । आज नेपाल प्रहरी, नेपाली सेना र नेपाल सशस्त्र प्रहरी बलले आफ्ना तालिमप्राप्त कुकुरहरूलाई पूजा गरी मनाएका छन् ।

साथै नेपालीहरूले आफ्नो आफ्नो घरमा कुकुरको पूजा गरी टीका र माला लगाइ दिएर खानेकुरा दिइ पूजा गरेका छन् । कुकुर पूजा गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल प्रहरी प्रहरी नायव महानिरीक्षक डा. देउती गुरुङले विश्वमा उपलब्ध हुने धेरै कुकुरहरू ल्याएर तालिम दिने गरेको बताइन् । उनले नयाँ नयाँ प्रजातिहरू ल्याएर कुकुरबाट अनुसन्धानलाई पहिलाको तुलनामा अहिले झनै प्रभावकारी बनाइएको बताइन् । अनुसन्धानका लागि पहिला जर्मन सेफर्ड र ल्याब्रेडर मात्रै रहेकोमा अहिले बेल्जियम सेफर्ड पनि ल्याएर अनुसन्धान प्रभावकारी बनाइएको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ