arrow

३० प्रतिशतले बढ्यो भाइ मसलाको मूल्य [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १६ शुक्रबार
bhaimasala.jpg

काठमाडौँ । यस वर्ष तिहारमा भाइ मसलाको मूल्य करिब ३० प्रतिशतले वृद्धि भएको छ । काठमाडौंको असनमा वर्षौँदेखि भाइ मसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरूले गत वर्ष भन्दा यस वर्ष भाइ मसलाको मूल्य बढेको बताएका हुन् । 

भाइ मसलाको पुस्तैनी व्यापार गर्दै आएका स्थानीय व्यापारी सजीव बज्राचार्यले असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले पनि यस वर्ष भाईमसलाको मूल्य करिब ३० प्रतिशतले बढ्न गएको बताए ।

उनले पाकिस्तान, भारतमा पनि बाढीको प्रभाव पर्न गएकाले पनि यस पालीको तिहारमा भाईमसलाको भाउ निकै बढेको आफूलाई लागेको बताए । मूल्य बढेकाले यस पटक भाईमसला किन्नेहरूले पनि थोरै सामानहरू खरिद गर्ने गरेको पाइएको छ । 

व्यापारी बज्राचार्यले भने, ‘अब भाउको हिसाब गौरै भने पोहोर साल भन्दा यसपालि यो ड्राईफुड मसला करिब ३० पर्सेन्टले महँगिएको छ । कारण के होला ? मेरो विचारमा अस्ति असोज महिनामा आएको बाढीले गर्दा खेरी यहाँ मात्रै होइन, पाकिस्तानमा पनि आयो, भारतमा आयो । त्यसले गर्दा पसल बिग्रिएको हुनाले, पसल कम भएको हुनाले म भाउ महँगिएको मैले महसुस गरेको छु । साथै यसमा कर तिर्नुपर्यो‍ । यसले गर्दा यसपालि मसलाको भाउ निकै महँगो छ पोहोरसालको तुलनामा । त्यही भएर मानिसहरूले एफोर्ड गर्न सक्दैन । पोहोर एक किलो लिने मानिसले यस पटक आधा किलो मात्रै दिनुस् भन्छन् । त्यसो भएकाले यस पटक बिजनेस डाउन नै देखिन्छ ।’

यता, ग्राहकहरूले पनि यस वर्ष भाइ मसलाको मूल्य धेरै बढेको प्रतिक्रिया दिएका छन् । उनीहरूले भाईमसलाको मूल्य अलि कम गरिदिन पनि व्यापारीहरूलाई आग्रह गरेका छन् । ग्राहकहरूको भनाइ छ, ‘पोहोरको तुलनामा यस पटक हरेक समानको भाउ बढेको छ । व्यापारीहरूले मिलाएर दिनुभए ग्राहकहरूलाई सजिलो हुने थियो ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ