सतासी जनाको जम्बो टोली लिएर प्रधानमन्त्री चीन जाँदै, को को छन् सरकारी खर्चमा जानेहरु ?
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १७ सोमबार
588
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिहान चीन भ्रमण जाँदैछन् । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आजबाट चार दिन हुने प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्दै सो टोलीमा सरकारी खर्चबाट ३९ जना र निजीबाट ४८ जना रहने जनाएको छ ।
सरकारी खर्चमा चीन भ्रमणमा जानेहरू ३९ जना रहेका छन् । जसमा प्रधानमन्त्री, सांसद, सरकारी अधिकारीहरू रहेको जनाइएको छ ।
चार दिने चीन भ्रमण टोलीमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा युवराज खतिवडा रहेका छन् ।
त्यस्तै सांसदहरू श्यामकुमार घिमिरे, लिलानाथ श्रेष्ठ, अर्जुननरसिंह केसी, बिजुला रायमाझी, धीरेन्द्रप्रसाद महतो, रेखा शर्मा, सर्वेन्द्रनाथ सुक्ला, दीपक कार्की र रञ्जिता श्रेष्ठ रहेका छन् ।
त्यस्तै मुख्य सचिव एकनारायण अर्याल, अर्थसचिव रामप्रसाद घिमिरे, कामु परराष्ट्रसचिव अमृतबहादुर राई, राष्ट्रिय लगानी बोर्डका कार्यकारी प्रमुख सुशील ज्ञवाली, प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या सिंह, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका उपाध्यक्ष पद्मसुन्दर जोशी पनि हुने छन्।
त्यस्तै परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल विष्णुप्रसाद गौतम, उत्तर पूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, उत्तर पूर्वी एसिया महाशाखाका उपसचिव मणिरत्न शर्मा, प्रधानमन्त्रीका स्वकीय उपसचिव उदय पोखरेल, उपराष्ट्रमन्त्रीका स्वकीय उपसचिव कमल रावल, परराष्ट्रका अधिकृतहरू ऋचा भट्टराई, जानकी ओझा, सुजन लामिछाने र विनोद खनाल रहेका छन्।
त्यस्तै प्रधानमन्त्रीका निजी सहयोगी जयश्री शाक्य, परराष्ट्रमन्त्रीका निजी सहयोगी अनिता सिंहलगायत पनि भ्रमण टोलीमा सहभागी रहने छन् ।