arrow

कोशीका कानून मन्त्री बने एमालेका रेवतीरमण भण्डारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १७ सोमबार
rewatiraman-bhandari-koshi-uml-law-minister.jpg

काठमाडौँ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा एमाले सांसद रेवतीरमण भण्डारी नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार भण्डारीलाई मन्त्री नियुक्त गरेका हुन् । 

भण्डारी सुनसरी निर्वाचन क्षेत्र नम्बर २ (क) बाट २०७९ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। कानून पृष्ठभूमिका उनी एमाले राजनीतिमा खारिएका इमानदार नेता मानिन्छन् । 

यसअघि आन्तरिक मामिला मन्त्री रहेका लीलावल्लभ अधिकारी जापानमा मानव तस्करी प्रकरणमा तानिएपछि राजीनामा गराइएको थियो।

अन्य बिचौलीहरू जेल चलान भए पनि अधिकारीलाई भने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा चलाएको थिएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ