arrow

देश चलाउन सहकारी ठगे जस्तो होइन

बुरुक्क बुरुक्क उफ्रिएर मुख छोडे जस्तो हुँदैन देश चलाउनलाई - प्रधानमन्त्री ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २३ आइतबार
oli-at-damak-081.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेका छन् । आइतबार झापाको दमकमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले रास्वपा सभापति रवि लामिछानेप्रति लक्षित गर्दै देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेका हुन्। 

उनले देश चलाउन सिद्धान्त, नीति, सङ्कल्प र अठोट चाहिने बताए । देश चलाउन अरूलाई बुरुक्क-बुरुक्क उफ्रिएर मुख छोडे जस्तो नहुने उनको भनाइ थियो । नयाँ राजनीतिक शक्तिहरूलाई बाँसको झ्याङमा उम्रिएको नर्कटको संज्ञा दिए । उनले केही बेर चम्किने र छिटै सेलाउने भन्दै प्रधानमन्त्री ओलीले कोही पनि नयाँ शक्तिबाट देश बन्ने भ्रममा नपर्न आग्रह गरे । 

उनले भने, ‘कहिले कहिले यस्तो लाग्छ बाँसको झ्याङको छेउमा एउटा नर्कट उम्रिन्छ । बाँसको टुसो भन्दा छिटो बढ्छ । बाँस अलि यत्रो हुँदा नर्कट अलि ठूलो भइसक्छ । अर्को पल्ट हेर्न जाँदा नर्कट बुढो भएर ढलिसकेको हुन्छ । नयाँ नर्कट त्यस्तै हो । यी नर्कटहरू पुर्लुक्क उम्रिन्छन्, अलि यत्रा हुन्छन् फेरि ढल्छन् । कोही भ्रममा नपर्नु भए हुन्छ, देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, सङ्कल्प चाहिन्छ, अठोट चाहिन्छ, सहकारी ठगे जस्तो हुँदैन देश चलाउन भनेको । अरूलाई बुरुक्क बुरुक्क उफ्रिएर मुख छोडे जस्तो हुँदैन, देश चलाउनलाई । म त्यतापट्टि जन चाहन्न । विकासको सन्दर्भमा यी सारा उत्तारचढाको बिचमा यो छोटो अवधिमा दमकमा मलाई खुशी लागेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ