arrow

प्रतिकूल मौसमले हवाई उडान प्रभावित [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २५ मंगलबार
domestic-flight-delay-(4).jpg

काठमाडौँ । मौसम प्रतिकूलताका कारण मंगलबार तराईका विभिन्न जिल्लामा आन्तरिक उडान प्रभावित भएको छ । जसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान कक्षमा यात्रुहरुको भीड लागेको छ ।

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यसैगरी आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । 

तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु लाग्नुका साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उडानमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

domestic-flight-delay (5).jpg
domestic-flight-delay (6).jpg
domestic-flight-delay (7).jpg
domestic-flight-delay (8).jpg
domestic-flight-delay (9).jpg
domestic-flight-delay (1).jpg
domestic-flight-delay (2).jpg
domestic-flight-delay (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ