arrow

राष्ट्रपति मुर्मूले प्रधान सेनापति सिग्देललाई दिइन् मानार्थ महारथीको दर्ज्यानी चिन्ह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २८ शुक्रबार
sigdel-india-president-.jpg

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेकी छन् ।

राष्ट्रपति भवनमा बिहीबार आयोजित विशेष सुशोभन कार्यक्रममा राष्ट्रपति मुर्मुले प्रधान सेनापति सिग्देललाई मानार्थ महारथी दर्जाबाट सुशोभित गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

नेपाल–भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहिआएको छ । 

नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने परम्परा छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही मङ्सिर ६ गते भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए । 

प्रधान सेनापति सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेटघाट गरेका छन् । त्यसैगरी, उनले स्थल सेना भवन परिसरमा वृक्षारोपण समेत गरेको निर्देशनालयले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ