arrow

यू–१९ एसिया कप क्रिकेट

महिला एसिया कप क्रिकेटमा पाकिस्तानमाथि नेपालको शानदार जित

नेपाल एक खेलअघि नै सुपर फोरमा, मंगलबार भारतसँग खेल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १ सोमबार
nepal-u19-women-cri-24-12-1.jpg

काठमाडौँ । यू–१९ महिला एसिया कप टी–२० क्रिकेटमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरमा सोमबार भएको खेलमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो । 

खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १०४ रन बनायो । 

ओपनर कोमल खानले ४२ बलमा ३८ तथा महम एन्नेसले ३९ बलमा २९ रन बनाइन् । 

नेपालका लागि कप्तान पूजा महतोले २ तथा रचनाकुमारी चोधरी, रिया शर्मा तथा सीमना केसीले १–१ विकेट लिए । 

जवाफमा १०५ रनको सामान्य चुनौती नेपालले १९ ओभरमै ४ विकेटको क्षतिमा पूरा गरेको हो । 

नेपालका लागि कप्तान पूजा महतोले अलराउन्ड प्रदर्शन गर्दै ४७ बलमा अविजित रहँदै ४७ रन बनाइन् । 

त्यस्तै सोनी पाख्रिनले १३ तथा सीमना केसीले अविजित रहँदै १२ बलमा १२ रन बनाइन् ।

पूजा महतोको कप्तानीमा नेपालले पहिलो पटक विश्वकप टी–२० क्रिकेटमा स्थान बनाएको छ । 

विश्वकपमा छानिएसँगै नेपालले पहिलो पटक आयोजना भएको टी–२० एसिया कपमा पनि स्थान बनाएको हो । 

नेपालले मंगलबार बिहान ११ः४५ बजे भारतसँग खेल्दैछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान रहेका छन् । 

भारतले यसअघि पाकिस्तानलाई ९ विकेटले हराएको थियो । दुवै खेल हारेसँगै पाकिस्तान बाहिरिएको छ भने नेपाल भारतसँग खेल्नुअघि नै सुपर फोरमा पुगेको छ । 

अर्को समूहमा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् । श्रीलंका एक जित र एक हारसहित सुपर फोरमा पुगेको छ । 

बंगलादेशले एक खेल जितेको छ भने अन्तिम भिडन्त मलेसियासँग हुँदैछ ।  
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ