arrow

दलित समुदायको अधिकार सम्बन्धी विधेयक संसद्‌मा पेश गर्न सरकारलाई निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ४ बिहिबार
samiti-rajyabewasta.jpg

काठमाडौँ ।राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले दलित समुदायको अधिकार तथा विकास सम्बन्धी विधेयक संसद्मा पेश गर्नको लागि आवश्यक गृहकार्य जुट्न निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले संसद्को हिउँदे अधिवेशनभित्र संसद्मा विधेयक पेश गर्ने गरी गृहकार्यमा जुट्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो । 

समिति सभापति कमला पन्तले सरकारलाई निर्देशन दिँदै विधेयक निर्माणका लागि समितिले आवश्यक सहयोग गर्ने बताइन् । उनले समिति दलित समुदायको अधिकारसम्बन्धी विधेयक निर्माणका लागि आवश्यक गृहकार्य गरिरहेको र उक्त गृहकार्यलाई प्रतिवेदनको रूपमा बुझाउने बताए । उनले ऐन निर्माण गर्ने निकाय संसदीय समिति नभएको समेत स्पष्ट पारिन्। दलित समुदायहरूमाथि राजनीति भइरहेको भन्दै उनले राजनीतिले आँखा नचिम्लिने गरी ऐन बनाउन जरुरी रहेको बताइन् ।
 
सभापति पन्तले भनिन्, ‘समितिमा पेस भएको संसद्को प्रस्ताव कार्यान्वयन उपसमितिको प्रतिवेदन सुझावसहित राष्ट्रिय सभामा छलफलका लागि पेश गर्ने । नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दलितका अधिकार तथा विकासका सम्बन्धी विधेयक संसद्मा पेश गर्नको लागि आवश्यक गृहकार्य अघि बढाउनेबारे निर्देशन दिन्छौँ । तर यो कहिले गर्ने ? कति दिनमा गर्ने भन्ने कुरा चाहिँ संसद्को आउँदो अधिवेशनमा नै विधेयक पेश गर्ने गरेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने । मन्त्रालयले आवश्यक गृहकार्य गरोस् । हामी यसमा सहयोग गर्नको लागि तयार छौँ । हामीले गृहकार्य गरेका पनि छौँ । ऐन बनाउने निकाय समिति नभएको कारणले हामीले गरेको गृहकार्य प्रतिवेदन बुझाउने छौँ । तर यो विषय दुनियाँमा सुनाउन लज्जास्पद भएको छ । दलित परिवारमाथि राजनीति गरेका छौँ । दुईचार र भोट यिनीहरूकै हातमा हुन्छ । राजनीतिले आँखा नचिम्लिने गरी ऐन हामीले बनाउनु पर्‍यो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ