arrow

महाधिवेशनको मिति तोक्न राप्रपा नेपाल केन्द्रीय समिति बैठकमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १९ शुक्रबार
rpp-nepal-central-committee.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) को केन्द्रीय समितिको बैठक शुरू भएको छ । बैठकले पार्टीको प्रथम महाधिवेशनको मिति टुंगो लगाउने राप्रपा नेपालले जनाएको छ । 

शुक्रबारदेखि काठमाडौँमा शुरू भएको बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको सांगठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ संगठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियानबारे छलफल हुनेछ ।

बैठकमा पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक र महामन्त्री राजाराम बर्तौलाले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । 

साथै राप्रपा नेपालले पुस २७ गते राष्ट्रिय एकता दिवस भब्य तरिकाले मनाउनका लागि तयारी पनि गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ