arrow

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २५ बिहिबार
nepal-police-logo_1618051596.jpg

काठमाडौँ। देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ हजार ट्याब्लेटसहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ पक्राउ गरिएको हो । 
 
नेपालगञ्ज उपमहानगरपालिका-१६ जयसपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने २३ वर्षीय उन्तीयाज अली अन्सारी र २८ वर्षीया साहाना राईलाई पनि पक्राउ गरिएको छ । 

नेपालगञ्ज उपमहानगरपालिका-१३ लालापुरवाबाट कोहलपुर नगरपालिका-२ मनकामना बस्ने २६ वर्षीय शुभम अधिकारी र सोही नगरपालिका-१ कौशिलानगर बस्ने २६ वर्षीय किरण राना मगरलाई पनि खेरो हेरोइनसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ