प्रधानमन्त्री ओलीको बोलीमा समस्या, सबैजसो कार्यक्रम स्थगित
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ११ शुक्रबार
806
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली गत मंगलबारदेखि बिमार छन् । उनलाई टन्सिल भएको छ भने घाँटीमा पनि समस्या देखिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनलाई चिसोले सताएको हो ।
योसँगै उनले बुधबारदेखिका कार्यक्रम स्थगित गर्दै आएका छन् । उनी गत बुधबार सशस्त्र प्रहरी बल (एपीएफ) को स्थापना दिवसको कार्यक्रममा प्रमुख अतिथिका रूपमा जाने तयारी थियो । तर बोलीमै समस्या भएपछि उनी जान सकेनन् ।
प्रधानमन्त्री ओलीको सबैभन्दा कडा बोली नै हो । उनको बोलीले धेरैलाई लठ्ठ पार्ने क्षमता राख्छ । ‘ओलीको बोली’ भन्ने त नेपाली राजनीतिको उखानै छ ।
तर उनले कुनै कार्यक्रममा गएर भाषण गरेनन् भने उनी उपस्थित भएको अर्थ नरहने बुझाइ धेरैको छ । प्रधानमन्त्रीको सचिवालयले उनको स्वास्थ्य सुधार भइरहेको छ ।
शुक्रबारमात्रै पनि उनी ज्यानमारा सडक भनेर चिनिने सिद्धार्थ राजमार्गको सिद्धबाबा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गर्न जाने कार्यक्रम रहेको थियो ।
त्यसोसँगै लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा विविध कार्यक्रमको तालिकासमेत सार्वजनिक भएको थियो ।
तर स्वास्थ्यका कारण ओलीले ती सबै कार्यक्रम स्थगित गरेको उनको सचिवालयले जनाएको छ ।
सिद्धबाबा सुरुङको ब्रेक थ्रु गर्न उपस्थित हुन नसके पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै विद्युतीय प्रविधिबाटै ब्रेक थ्रु गर्नेछन् ।