arrow

राष्ट्रिय सभामा आज सरकारले जारी गरेका अध्यादेशहरु निर्णयार्थ प्रस्तुत गरिने, पानीजहाज विधेयक पनि पेश हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २४ बिहिबार
parliament-building-new-ban.jpg

काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेबाट सुरू हुने जनाइएको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा भौतिक तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहालले “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” सभा समक्ष पेस गर्नेछन् भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले “राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन विधेयक, २०८१” सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै सरकारले हालै जारी गरेका अध्यादेशहरू पनि निर्णयार्थ प्रस्तुत हुने भएको छ । जसअनुसार “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, “निजीकरण (पहिलो संशोधन) अध्यादेश, “आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, “सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र “भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निर्णायार्थ प्रस्तुत गरिने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ