arrow

प्रतिनिधि सभा बैठक

सर्लाहीमा अन्तरजातीय विवाह घटनाबारे गृहमन्त्रीको जवाफ माग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २४ बिहिबार
santi-bks.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसकी सांसद शान्ति विकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने जोडीमाथिको घटनाबारे गृहमन्त्री रमेश लेखकको जवाफ माग गरेकी छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले सत्येन्द्रराम चमार र नेहा रौनियारविरुद्ध भएको भनिएको सरकारी व्यवहारबारे सरकारको जवाफ माग गरेकी हुन् ।

 उनले सत्येन्द्र र नेहको घटनाबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यसबारेमा सरकारको ध्यानाकर्षण गराउनु भयो । उनले गृहमन्त्री लेखकको विषयमा जोडिएर आएको समाचारप्रति गम्भीर रहेको र वैवाहिक सम्बन्ध र जातीय कुरालाई लिएर गृहमन्त्रीले ठाडो निर्देशन दिने कुराको विश्वास नलागेको बताइन् । भ्रामक समाचार फैल्याएर चरित्रहत्या गर्न खोजिएको बताइन् । सत्येन्द्र र नेहामाथिको बर्बरता ६० लाख दलित समुदायमाथिको चोट भएको बताइन् । अन्तरजातीय विवाह गर्ने जोडीमाथि बर्बरता गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरिन् । 

सभाको बैठकमा बोल्दै नेकपा एमाले सांसद हर्कमाया विश्वकर्माले पनि सत्येन्द्रराम र नेहामाथि राज्यले गरेको व्यवहारको भर्त्सना गरिन् । उनले उनीहरूलाई न्याय दिन माग गरिन् । उनले यस घटनाले जातीय विभेद मात्र नभई यसलाई संरक्षण गरेर सरकारले पीडितलाई अन्याय गरेको उल्लेख गरिन् । उनले विवाह दर्तासमेत गरिसकेका जोडीको सम्बन्ध तोड्न राज्यशक्तिको दुरुपयोग गरेर जबरजस्ती छुटाउन खोज्नु उनीहरूको मानव अधिकार हनन हुनु रहेको बताइन् । यसले नेपालको कुल जनसङ्ख्याको १४ प्रतिशत जनसङ्ख्यामाथि घोर अपमान भएको बताइन् । 

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले पनि सत्येन्द्रराम र नेहामाथि गृहमन्त्रीको आदेशमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईमार्फत उक्त जोडीलाई पक्राउ पुर्जी जारी गरेको आरोप लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ