arrow

पुनः निर्माणको लागि श्रोत सुनिश्चितताबारे सरकारसँग गगन थापाले मागे जवाफ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २४ बिहिबार
gagan-10-24.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले जाजरकोट भूकम्पको पुनः निर्माण र गत असोजमा आएको बाढीबाट भएको क्षतिको पुनः निर्माणको लागि श्रोत सुनिश्चितताबारे सरकारसँग जवाफ माग गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकारसँग विपद्जन्य घटनाहरूबाट भएको भौतिक संरचनाहरूको क्षतिको पुनः निर्माणका लागि श्रोत सुनिश्चितताबारे जवाफ माग गरेका हुन् । 

उनले यसबारेमा सरकारले सोचेको छ की छैन भन्दै प्रश्न गरे । उनले जाजरकोटको भूकम्पबाट करिब ९२ हजार भन्दा बढी घरहरूको पुनः निर्माण गर्नुपर्ने आङ्कलन गरिएको तर कतिपय नागरिकले दोस्रो किस्ता समेत नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले मङ्सिर अन्तिमसम्म असोजको बाढीमा भत्किएका घरहरूको अस्थायी आवसको निम्ति अनुदान दिने भनिए पनि अझै कतिपयले पहिलो किस्ता समेत नपाएको गुनासो गरे । 

उनले भने, ‘जाजरकोटको भूकम्पबाट करिब ९२ हजार भन्दा बढी घरहरूको पुनः निर्माण गर्नुपर्ने आङ्कलन गरिएको थियो । पुनः निर्माण धेरै परको कुरा दोस्रो किस्ता पनि कतिपय परिवारले पाएका छैनन् । उदेकलाग्दो कुरा त, भर्खर मात्रै डिडिए भएको छ । असोजको बाढीमा भत्किएका घरहरूको अस्थायी आवसको निम्ति अनुदान दिने मङ्सिर मसान्तसम्म भनियो । अझै कतिले सामान्य पहिलो किस्ताको अनुदान राम्रोसँग नपाएको अवस्था छ । ४१ वटा सडक खण्डको पुनः निर्माण गर्नको लागि मात्रै २५ अर्ब चाहिन्छ । करिब १ खर्ब रुपैयाँ चाहिन्छ । सरकारले बजेटमा छुट्टाएको जम्मा २१ अर्ब छ । यो पैसा कहाँबाट ल्याउने भन्ने सरकारले सोचेको छ ? यो वर्षामा कसरी बाटोहरू बन्छ । जाजरकोट भूकम्प, असोजको बाढी, यसका बारेमा गरिएका कामहरूको श्रोत कसरी जुटाउने सोचिएको छ की छैन, सदनलाई जानकारी गराइयोस्, हामी सुन्न पनि चाहन्छौँ । त्यो छलफलमा भाग लिन पनि चाहन्छौँ । ’

महामन्त्री थापाले जाजरकोट भूकम्प, असोजको बाढीका बारेमा गरिएका कामहरूको श्रोत कसरी जुटाउने ? भन्दै सरकारलाई प्रश्न गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ