arrow

खेलकुदको माध्यमबाट धरानले आफ्नो इतिहास रचेको छ : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २७ आइतबार
hikmat-karki-cm-koshi.jpg

सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदको माध्यमबाट धरानले आफ्नो इतिहास रच्न सफल भएको बताएका छन् । 

धरान उपमहानगरपालिका-१६ स्थित रङ्गशालामा सम्पन्न २५औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको समापन गर्दै उनले धरान सांस्कृतिक पर्यटनक्षेत्रदेखि खेलकुदको महत्वपूर्ण ‘हब’का रूपमा स्थापित भएको बताए ।

मुख्यमन्त्रीले २५ वर्षसम्म निरन्तर प्रतियोगिता सञ्चालन गरेर नेपाली फुटबलको क्षेत्रमा नयाँ पहिचान स्थापित गरिएको उल्लेख गरे । 

“धरानको भविष्य खेलकुद र पर्यटन विकासमा उज्ज्वल छ, यहाँहरूले निरन्तर प्रतियोगिता आयोजना गरेर यसमा धेरै ठूलो योगदान गर्नुभएको छ, प्रदेश सरकारले धरानलाई पर्यटन र खेलकुदको केन्द्र बनाउन आवश्यक योजना तथा बजेटको व्यवस्था गर्नेछ”, उनले भने, “धरानलाई सबै मिलेर समृद्ध र सबै क्षेत्रमा उत्कृष्ट नमूना नगरका रूपमा विकास गर्नुपर्ने आजको आवश्यकता छ, यहाँको विकास र समृद्धिका निम्ति प्रदेश सरकार सधैँ साथमा छ ।”

धरानमा खानेपानीको उपलब्धताका लागि प्रदेश सरकारले वार्षिक रूपमा भूमिगत पानीका लागि आवश्यक बजेट विनियोजन गर्दै आएको र अब अन्य योजना अगाडि बढाउने तयारी गरिरहेको मुख्यमन्त्रीको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ