arrow

बालविवाह अन्त्य गर्न अभियान नै चलाउनु पर्छ : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २ शुक्रबार
hikmat-karki-koshi-cm-81-6-1.jpg

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बालविवाह अन्त्य गर्न अभियान नै चलाउनुपर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बालविवाहविरुद्ध प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै मुख्यमन्त्रीले बालविवाहबाट उनीहरुको मानसिक एवं शारीरिक स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले यसको अन्त्य गर्न सबै जिम्मेवारपूर्वक लाग्नुपर्ने बताए ।

बालविवाह सामाजिक समस्या र कानुनी अपराध भएको उनको भनाइ थियो । “प्रदेश सरकार बालविवाह अन्त्य गर्न नीति तथा कानुनी प्रबन्ध गरी अगाडि बढेको छ”, मुख्यमन्त्रीले भने ।

उनले प्रदेशमा बालविवाह अन्त्य गर्न पहल गरिए पनि दुर्गम भेगमा यो समस्या विद्यमान रहेकाले त्यसतर्फ चनाखो भएर लाग्नुपर्ने आवश्यक्ता औँल्याए ।

सरकारले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य लिएको छ । बालविवाह सामाजिक समस्या र कानुनी अपराध भएकाले हरतरहले बालविवाह समाप्त गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । 

हस्ताक्षर कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सरकारका मुख्य सचिव, सचिवहरु, सामाजिक अभियन्ता, बालबालिकालगायतको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ