पुनलाई ओलीको जवाफ- आज विश्वविद्यालयमा जे भइरहेको छ, त्यस्तो हुन्थ्यो र ?
मेरिटोक्रेसी आलङ्कारिक भाषणको विषय होइन
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ४ आइतबार
2.3k
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा मेरिटोक्रेसीको कुरा बाहिर शब्दको राम्रो पोसाक देखाउने र भित्र अर्कै गर्ने गरिएको टिप्पणी गरेका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनको प्रश्नको जवाफ दिँदै उनले मेरिटोक्रेसी आलङ्कारिक भाषणको विषय नभएको बताए । उनले विश्वविद्यालयको व्यावसायिक दक्षतालाई नै मुख्य योग्यता बनाउने गरी काम अगाडि बढाइरहेको बताए ।
उनले भने, ‘माननीयजीको अर्को प्रश्न छ, विश्वविद्यालयमा मेरिटोक्रेसीबारे। मेरिटोक्रेसी आलङ्कारिक भाषणको विषय होइन, शब्दको राम्रो पोसाक लगाएर मेरिटोक्रेसी हुने भए आज विश्वविद्यालयमा जे भइरहेको छ, त्यस्तो हुन्थ्यो र ? बाहिर शब्दको राम्रो पोसाक देखाउने र भित्र अर्कै गर्ने भइरहेको थियो, आज त्यसको परिणाम विश्वविद्यालय र हाम्रा संस्थाहरूले भोगिरहेका छन्। हामी त्यस्ता संस्थाहरूमा व्यावसायिक दक्षतालाई नै मुख्य योग्यता बनाउने गरी काम अगाडि बढाइरहेका छौं।’
प्रधानमन्त्री ओलीले अध्यादेशहरू प्रक्रियाबाट पारित हुने बताए । उनले २० वा २० प्रतिशत भए पुग्ने गरी राजनीतिक दलसम्बन्धी कानून नल्याउने प्रतिबद्धता जनाए ।